डिसहोमको फाइबर नेटको प्रोमोसनल अफर सार्वजनिक



काठमाडौं : डिसहोमले इन्टरनेट सेवा फाइबर नेटको प्रोमोसनल अफर सार्वजनिक गरेको छ ।

डिसहोम फाइबर नेटको प्रोमोसनल अफरअन्तर्गत २५ एमबीपीएसको इन्टरनेट एक महिनाको ११ सय रुपैयाँ, तीन महिनाको तीन हजार रुपैयाँ, ६ महिनाको ५ हजार ५ सय रुपैयाँ र १२ महिनाको १० हजार रुपैयाँमा पाइने छ ।

त्यस्तै ४० एमबीपीएसको इन्टरनेट एक महिनाको १ हजार ५ सय रुपैयाँ, तीन महिनाको ४ हजार २ सय रुपैयाँ, ६ महिनाको ७ हजार ८ सय रुपैयाँ र १२ महिनाको १४ हजार ५ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

काठमाडौं उपत्यकाको कपन, बौद्ध, भैसेपाटी, बुङ्गमति, खोकना, तिनकुने र बानेश्वरमा उपलब्ध रहेको डिसहोम फाइबर नेटको सेवा उपलब्ध छ । अब विस्तारै काठमाडौ उपत्यकाका अन्य ठाउँमा र देशका प्रमुख सहरमा पनि इन्टरनेट सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

कम्पनीले २५ एमबीपीएस र ४० एमबीपीएस इन्टरनेट स्पीड सहित प्रोमोसनल अफर सार्वजनिक गरेको हो ।

प्रकाशित : भदौ ७, २०७७

प्रतिक्रिया दिनुहोस्