लिवर्टिको साधारण सेयर खरिदमा ९८ प्रतिशत आवेदन



काठमाडौं : लिवर्टिको साधारण सेयरमा खरिदको लागि ९८ प्रतिशत आवेदन परेको छ । गत शुक्रबारसम्म शेयर खरिदका लागि ९८ प्रतिशत आवेदन परेको हो ।

शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीको साधारण सेयरमा १ लाख १२ हजार २ सय २६ वटा आवेदनमार्फत ३५ लाख ७० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । यो सर्वसाधारणमा बिक्रीमा ल्याएको शेयरको ९८.१८ प्रतिशत हो ।

प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने यस अवधिमा पर्याप्त आवेदन नपरे भदौ १७ गतेसम्म आवेदन खुल्नेछ ।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रति शेयर १०० अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्तासमेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।

प्रकाशित : भदौ ७, २०७७

प्रतिक्रिया दिनुहोस्