रिलायन्स लाईफको साधारण सेयरमा दोब्बर बढी आवेदन



काठमाडौं : रिलायन्स लाईफ इन्स्योरेन्सको साधारण सेयरमा दोब्बरभन्दा बढी आवेदन परेको छ । भदौ ४ गतेबाट खुल्ला गरिएको आवेदन कूल ५६ लाख ७० हजार कित्तामा आवेदन माग गरिएको थियो ।

आवेदन खुल्ला गरिएको दोस्रो दिनमै दोब्बरभन्दा बढी अर्थात १ करोड २६ लाख ७० हजार ९ सय ६० कित्ता सेयर आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीले कूल ६३ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गरेकोमा म्यूचुअल फण्ड र कर्मचारीहरुलाई छुट्टाएर बाँकी रहेको ५६ करोड ७० लाख रुपैयाँको आईपिओ सर्वसाधारणको लागि जारी गरेको छ ।

प्रकाशित : भदौ ७, २०७७

प्रतिक्रिया दिनुहोस्