स्काभेटर आगजनी गरेको आशङ्कामा एक पक्राउ



विदुर : नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ स्थित बाराही बजारमा आज स्काभेटर आगजनी गरेको आशङ्कामा एक जनालाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

पार्किङ गरिराखिएको वा २ क २२६० नम्बरको स्काभेटर आगजनी गरेको आशङ्कामा बेलकोटगढी-१३ चिसापानीका ४८ वर्षीय राजाराम पाण्डेलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।

प्रनि फुयाँलका अनुसार सोही ठाउँका राजेन्द्र तामाङले भाडामा लिई सञ्चालन गर्दै आइरहेको स्काभेटरलाई आज बिहान ५ बजे अज्ञात समूहले आगजनी गरेको थियो । स्काभेटर आगजानी भएका स्थानमा बकेटमा नेपाल कम्युनिष्ट पार्टी लेखिएको पत्रसमेत छाडिएको उनले जानकारी दिए । क्षति विषयमा जाँचबुझ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्