बायर्नले जित्यो च्याम्पियन्स लिग उपाधि



एजेन्सी : जर्मन च्याम्पियन बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिग च्याम्पियन बनेको छ।

सोमबार बिहान लिसवनमा भएको फाइनल खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बार्यनले छैटौँ पटक उपाधि हात पारेको हो।

बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा ५९ औँ मिनेटमा जोसुवा किमिचको पासमा कोमानले निर्णायक गोल गरेका थिए ।

पहिलो हाफमा दुवै टोलीले गोलको अवसर खेर फालेका थिए । बाँकी समयमा दुवैतर्फबाट थप गोल हुन सकेन ।

पहिलो पटक फाइनल पुगेको पीएसजीको च्याम्पियन्स लिग जित्ने सपना यसपटक पूरा हुन सकेन ।

उता सन् २०१३ पछि पहिलो पटक फाइनल पुगेको बायर्नले भने च्याम्पियन्स लिगमा अर्को उपाधि थप्न सफल भयो । बायर्नले यस सिजन कुनै पनि खेल नहारी उपाधि जितेको हो ।

च्याम्पियन्स लिग सर्वाधिक जित्नेमा बायर्न लिभरपुलसँगै संयुक्त रुपमा तेस्रो स्थानमा उक्लेको छ । रियल मड्रिडले सर्वाधिक १३ र एसी मिलानले ७ पटक उपाधि जितेका छन् । ११ पटक फाइनल खेल्दा ६ पटक उपाधि जितेको बायर्न ५ पटक भने उपविजेता बनेको थियो ।

यस अघि बायर्नले १९७४, १९७५, १९७६,२००१ र २००१३ मा उपाधि जितेको थियो ।

सेमिफाइनलमा बायर्नले लियोनलाई हराएको थियो भने पीएसजीले आरबी लाइपजिगलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्