साथीद्वारा बेल्टले हानेर बालकको हत्या, शव विद्यालयमै गाडियो



नयाँदिल्लीः भारतको देहरादुनस्थित एक बोर्डिङ स्कुलका एक विद्यार्थीको निर्मम तरिकाले हत्या गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार देहरादुनको एक बोर्डिङ स्कुकलमा पढ्ने  वर्ष १२ को बालकको उनका सिनियर दुई साथीले बेल्टले कुटिकुटि हत्या गरिएको घटना सार्वजनिक भएको हो । 

यो घटना ११ मार्चको हो । घटनाको एक दिनपछि प्रहरीले थाहा पाएको थियो । अचम्मको कुरा के छ भने स्कुल प्रसाशनले परिवालाई समेत थाहा नदिइ बालको शव गाडेको थियो । बालकको शव विद्यालय परिसरमै गाडिएको हो । आक्रमण गर्ने दुई छात्र उनीसँगै पढ्ने सहपाठी हुन् । उनीहरुबीच विस्कुटको विषयलाई लिएर विवाद भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्