मकवानपुर गोल्डकपमा पाहुना टोली र थ्री स्टार भिड्दै



हेटाैंडाः हेटौंडामा जारी दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज पाहुना टोली क्यामरुनी दाउफिन्स र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थाको मैदानमा अपरान्ह साढे ३ बजेपछि सेमिफाइनल प्रतिस्पर्धा सुरु हुनेछ । फाइनल प्रवेशको लक्ष्यमा रहेका दुबै टोली सहज जितसँगै उपाधि नजिक पुग्ने योजनामा रहेका छन् ।  आजको विजेताले उपाधिका लागि शनिबार आयोजक मकवानपुर–११ को सामना गर्नेछ ।

 यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा विभागीय नेपाल पुलिसलाई १–० गोल अन्तरले हराउँदै आयोजकले ऐतिहासिक उपलब्धी हात पारेको थियो ।  मकवानपुर गोल्डकपको उपाधि विजेताले ८ तथा उपविजेताले ४ लाख रुपैयाँ हात पार्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस्