रिलायन्स लाइफको साधारण शेयर मा आवेदन दिने सोमबार अन्तिम दिन



काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर मा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ।

इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको साधारण सेयर भदौ ४ गतेदेखि निष्काशनमा ल्याएको हो।

इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताहरुले आज बेलुकी ५ बजेसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्