कर भनेर चन्दा उठाउनेतर्फ सरकारको नजर, कसैलाई नछाडिने



काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ट्याक्सको रूपमा चन्दा उठाउने जो कसैलाई सरकारले नछोड्ने बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले  आतङ्कवादलाई निमिट्यान्न पार्ने बताए । उनले हिंसालाई प्रोत्साहन नगर्न आग्रह गरे । ‘हामीले धेरै समय गुमाइसक्यौँ । धेरै समय बर्बाद भयो । द्वन्द्वलाई प्रोत्साहन नगरौँ‘,’ उनले भने ।

शान्तिपूर्ण तवरले हरेक मानिसको बाच्ने अधिकार भएको र त्यसको ग्यारेन्टी सरकारले गर्ने उनले बताए । कम्युनिस्टको नाम बेचेर कमाउनेहरू अलोकतान्त्रीक भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्