मन्त्रीपरिषद् बैठक : पानी जहाज कार्यालयको रजिस्ट्रारमा कोइराला नियुक्त



काठमाडौं : सरकारले पानी जहाज कार्यालयको रजिस्ट्रारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्काटाले याे जानकारी दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २ गते एकान्तकुनामा पानीजहाज कार्यालय उद्घाटन गरेका थिए । 

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत रहेको पानी जहाज कम्पनीको लागि मन्त्रिपरिषद्ले माघ ३ गते पानी जहाज कार्यालय खोल्ने निर्णय गर्दै कर्मचारी दरबन्दी समेत स्वीकृत गरेको थियो । 

यस्तै सरकारले जुट निकासको परिमाण र विद्युतीय खर्चलाई आधार मानेर जुट उद्योगलाई विद्युत् महसुलमा छुट दिने भएको छ । राष्ट्रिय भू नीति स्वीकृत गर्दै भूमि बाँझो राख्न नपाइने नीति पास गरेको छ ।

सरकारले गरिब पहिचान निर्देशिका पारित गरेको पनि मन्त्री बास्कोटाले जानकारी दिए । उनले विराटनगर जुट मिलमा भएको अनियमितता छानबिन समिति गठन गरिएको र वैदेशिक रोजगार ऐनको चौथो संसोधन स्वीकृत गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्