गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण सुरु



काठमाडौँ : ‘निजी आवास अनुदान लाभग्राहीमा नपरेको भनी’ गुनासो दर्ता गराएका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण सुरु भएको छ । प्राधिकरणबाट स्थानीय तहमा खटिएका इञ्जिनीयरमार्फत शुक्रबारदेखि स्थलगत लगत सङ्कलन सुरु गरिएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 

भूकम्प प्रभावित अन्य जिल्लामा भने एकै साथ यही चैत २० बाट मात्र सर्वेक्षण सुरु गर्ने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

त्यसै गरी छुट तथा पुनः जाँच सर्वेक्षण २०७४ मा लगत सङ्कलन नभएका गुनासोकर्ताहरु र स्थानीय तहमा तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासाको पनि सर्वेक्षण गरिनेछ । सर्वेक्षण २०७६ वैशाख मसान्त सम्ममा सक्ने कार्यक्रम रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्