सन्दीपले माैका पाए, दिल्लीले जित्याे



काठमाडाैं :  सन्दीप लामिछानेलाइ तेस्राे खेलमा माैका दिएसँगै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग(आईपीएल) को दशौं खेलमा कोलकाता नाइट राईडर्सलाई सुपर ओभरमा पराजित गरेको छ। जारी सिजनमा दिल्लीकाे दास्राे जित हाे। सुपर ओभरमा दिल्लीले प्रस्तुत गरेको ११ रनको लक्ष्य पछ्याउन नसक्दा कोलकाता पराजित भएको हो। 

दिल्लीका कागीसो रबाडाको पहिलो बलमा कोलकाताका आन्द्रे रसेलले चौका प्रहार गरेका थिए । दोस्रो बलमा रन जोड्न नसकेका रसेल तेस्रो बलमा बोल्ड भए । चौथो बलमा उथाप्पाले १ रन जोडे र पाँचौमा कार्तिकले पनि १ रनमात्र जोड्न सके । अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा उथाप्पाले १ रन मात्र जोडेपछि दिल्ली विजयी भयो ।

सुपर ओभरमा दिल्लीले प्रसिद कृष्णको बलिङमा १० रन जोडेको थियो । ऋषभ पन्त र श्रेयस ऐर ब्याटिङमा आएपछि पहिलो बल ऋषभले १ रन लिए। श्रेयसले दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा लामो सट खेल्ने धुनमा उनी क्याच आउट भए । चौथो र पाँचौ बलमा पन्तले २-२ रन जोडे । अन्तिम बलमा रिभर्स स्विप प्रहार गर्न खोज्दा चुकेपछि उनले १ रनमात्र कुदे ।

प्रतिक्रिया दिनुहोस्