‘एकता नटुंगिँदा विपक्षी बलियाे, कांग्रेस र विप्लव मिलेर नेकपामा विभाजन ल्याउन खाेजे’



काठमाडाैं : सत्तारुढ दल नेकपाले आन्तरिक एकता कमजोर हुँदा विपक्षीले फाइदा उठाएको निष्कर्ष निकालेको छ ।

 

नेकपा सचिवालयले छठसम्म तल्ला समितिको एकता टुंग्याउने पनि निधो गरेको छ । माथिल्लो तहमा पार्टी एकता भएको ५ महिना बितिसक्दा समेत नेकपाका तल्ला समिति र जनसंगठन बेग्लाबेलै छन् । ‘हामीले एकता गर्न नसक्दा आन्तरिक कमजोरी भएको छ’, नेकपा सचिवालयका एक नेताले भने, ‘त्यही कमजोरीको फाइदा प्रतिपक्षले उठाएको छ ।’

 

छठसम्म एकता सकेर मंसिरदेखि देशव्यापी अभियान चलाउने तयारी थालेको ती नेताले बताए । आन्तरिक पार्टी एकतालको गृहकार्यका लागि बुधबार अर्थात् आज पनि नेकपा सचिवाल बैठक बस्दै छ ।

 

साथै प्रतिपक्षी कांग्रेस, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सीके राउनले कार्यगत एकता गरयि सरकार विघटन गर्ने र नेकपामा विभाजन ल्याउने रणनीति अख्तियार गर्न खोजको नेकपाले राजनीतिक निष्कर्ष निकालेको छ । 

 

कात्तिक १२ र १३ गते उसले स्थायी सकमति बैठक डाकेको छ । आजको अन्नपूर्ण पोस्ट्मा .खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्