नेप्सेमा ८ वटा कम्पनीको शेयर सूचिकृत



काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ८ वटा कम्पनीको सेयर सूचिकृत भएको छ ।

भदौ १५ गतेसम्म नेप्सेमा सूचिकृत भएका कम्पनीहरुको विवरणः आईएमई जनरल इन्स्योरेन्स लिमिटेड: ६ लाख १२ हजार ३ सय ६० कित्ता बोनस सेयर, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड: ५ लाख ४७ हजार ७ सय ६८ दशमलव ३३ कित्ता बोनस सेयर, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड: २५ लाख ९ हजार ९२५ कित्ता बोनस शेयर, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड: १ करोड १३ लाख २६ हजार ८ सय २१ कित्ता साधारण सेयर, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड: ४ लाख ७२ हजार २ सय ६७ दशमलव ०३६८ कित्ता बोनस सेयर, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड: उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड र सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएको १४ लाख ९५ हजार ३ सय ६६ दशमलव ५० कित्ता सेयर, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड: ३ लाख २० हजार कित्ता बोनस सेयर, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड: ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद सेयर रहेको छ ।

प्रकाशितः १६ भदौ २०७७

प्रतिक्रिया दिनुहोस्