अर्घाखाँचीमा थपियो लकडाउनको समयावधी



सन्धिखर्क : अर्घाखाँचीमा भदौ २४ गतेसम्मका लागि लकडाउनको थपिएको छ ।

बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी) को बैठकले भदौ २४ गते राति १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताए ।

यसअघि सात दिनका लागि थपिएको लकडाउनको अवधि आज राति मध्याह्न राति १२ बजेबाट सकिने भएपछि यसलाई बढाएर २४ गते राति १२ बजेसम्म लगिएको हो ।

तराईसँग सिमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना संक्रमित फैलिन लागेपछि लकडाउन थपिएको प्रशासनले जनाएको छ ।

प्रकाशित : भदौ १७, २०७७

प्रतिक्रिया दिनुहोस्