कोरोना मुक्त हुनेको संख्या ५ हजार नजिक



धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ हजार नजिक पुगेको छ ।

हिजो (मंगलबार) ६ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या ५ हजार नजिक पुगेको हो भने ११ जना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालमा १४, डडेल्धुरा अस्पतालमा ५६, जिल्ला अस्पताल डोटीमा ३१ जनामा संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या ८८४ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार सक्रिय संक्रमितमध्ये अछाममा १०२, बैतडीमा १२६, बझाङमा ८८, बाजुरामा ८, डडेल्धुरामा १९, दार्चुलामा ७, डोटीमा १२९, कैलालीमा ३८१ र कञ्चनपुरमा ५७ गरी ८८४ जना रहेका छन् ।

हालसम्म पिसिआर विधीबाट ६२ हजार ७८८ नमुना परिक्षण मध्ये ५६ हजार ९०८ नमुना नेगेटिभ र ५ हजार ८८० पोजिटिभ आएको छ भने १ हजार ८६१ नमुनाको नतिजा आउन बाँकी छ ।

प्रकाशितः १७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्