भारतको तेलङ्गना राज्यमा कार दुर्घटना, पाँच युवाको मृत्यु



एजेन्सी : भारतको तेलङ्गना राज्यको वारंगाल गाउँमा भएको कार दुर्घटनामा परी पाँच जना युवाको ज्यान गएको छ । उक्त गाउँको दामेरा प्रहरी स्टेसननजिक भएको दुर्घटनामा ती पाँच जनाको ज्यान गएको प्रहरी निरीक्षक भास्कर रेड्डीले जानकारी दिएका छन ।

उनीका अनुसार बुधबार अपरान्ह १ः३० बजे पाँच जना युवा सवार रहेका एक कार दुर्घटनाग्रस्त भएको थियो । उनीहरुलाई प्रहरीले उद्धार गरेको तर घटनास्थलमै उनीहरुको ज्यान गएको बताइएको छ ।

उनीहरु सवार रहेको कारको विपरीत दिशाबाट आएको एक ट्रकले सो कारलाई ठक्कर दिएको थियो । त्यसपछि कार पनि उछिट्टिएको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक रेड्डीले उनीहरुको घटनास्थलमै निधन भए तापनि प्रहरीले थप अनुसन्धान भने गरिरहेको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्