वीरगन्जमा थप एक हप्ता निषेधाज्ञा



पर्सा : वीरगन्ज महानगरपालिका भित्र जारी रहेको निषेधाज्ञा भदौ २५ गतेसम्म निरन्तरता दिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले वीरगन्ज बजार खुकुलो बनाउदै थप एक हप्ता निषेधाज्ञालाई निरन्तरता दिएको हो ।

बैठकले बजार तथा पसल भने आलोपालो गरी खोल्न पाइने निर्णय भएको पर्साको प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ्ग द्वाता हस्ताक्षर सहित जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।

स्थानिय प्रशासनको निर्णय अनुसार सडकको पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु सोमबार, बुधबार र शुक्रबार खोल्न पाइनेछ भने पश्चिम र उत्तरतर्फ फर्केका पसलहरु भने आईतबार, मंगलबार र बिहीबार खोल्न पाइनेछ । पसलहरु बिहान ११ बजेदेखि ४ बजेसम्म मात्र खोल्न पाइनेछ ।

तरकारी र फलफुल पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न दिइने गरी निर्णय गरिएको छ । तरकारी र फलफुल पसल रेल्वे रोडमा घण्टाघर चोकदेखि २०० मिटर स्कुलदेखि दक्षिण तर्फ एकतर्फी रुपमा मात्र खोल्न पाइने प्रशासनले जनाएको छ ।

साथै, बजार तथा पसल खोल्दा सामाजिक दुरी कायम गर्ने र भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी व्यवसायीको हुने र स्वास्थ्य तथा सुरक्षाको मापदण्ड अवज्ञा भएमा व्यवासायीलाई सक्रमण ऎन अनुसार कार्वाही गर्ने प्रशासनले जनाएको छ ।

आलोपालो गरी बजार तथा पसल खोल्ने बाहेक अन्य सबै कुरामा आगामी भदौ २५ गते राती १२ बजे सम्मको लागि निषेध समेत गरिएको छ ।

१२ वर्षमुनि र ६० बर्षमाथिका सर्वसाधारण तथा गम्भीर प्रकृतिका बिरामीलाई घरबाट ननिस्कन अनुरोध समेत गरिएको छ ।

प्रकाशित : भदौ १८, २०७७

प्रतिक्रिया दिनुहोस्