भारतीय रक्षामन्त्री राजनाथ सिंह रुस भ्रमणमा



एजेन्सी : भारतीय रक्षामन्त्री राजनाथ सिंह रुसको भ्रमणका लागि बिहीबार रुसको राजधानी मस्को पुगेका छन । उनले बिहिबार नै रुसका रक्षामन्त्री सेर्गेइ सोइगुसँग द्धिपक्षीय भेटवार्ता गर्ने बताइएको छ ।

उनी तीन दिनसम्म रुसमा रहने भारतीय मिडियाले जानकारी दिएका छन् । भारतीय रक्षा मन्त्रालयले पनि आज ट्वीट गरेर मन्त्री सिंह तीन दिने भ्रमणका लागि बिहीबार मस्को पुगेकाे जानकारी गराएको छ ।

मस्कोमा आजदेखि शुरु हुने ‘साङघाइ कोअपरेसन अर्गनाइजेसको बैठकमा सहभागी हुनका लागि रक्षामन्त्री सिंह बिहिबार मस्को पुगेका बताइएको छ । सो बैठकका अतिरिक्त उनले त्यहाँ विभिन्न भेटवार्ता पनि गर्ने छन ।

सो बैठकमा उक्त अर्गनाइजेसनका सदस्य राष्ट्रका रक्षामन्त्रीहरूको सहभागिता रहने मस्कोबाट रुसी रक्षा मन्त्रालयले जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय रक्षामन्त्रालयले बिहीबार ट्वीटमार्फत जानकारी गराएअनुसार रक्षामन्त्री सिंह मस्को पुगेका छन र उनले त्यहाँ रक्षा तथा सुरक्षात्मक रणनीतिका विषयमा महत्वपूर्ण भेटवार्ता पनि गर्ने छन ।

सोही बैठकमा सहभागी हुनका लागि साङ्घाइ कोअपरेसन अर्गनाइजेसन एसओसीका सदस्य राष्ट्रहरुका रक्षामन्त्रीहरु पनि पुगेका रुसको राजधानी मस्कोबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्