चोरी मुद्दाका फरार २ जना पक्राउ



धनगढीः कैलालीमा डाँका चोरी मुद्दामा फरार २ जना अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

गौरिगंगा नगरपालीका वडा नं.२ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाउँका ५० वर्षीय फुलपाती चौधरीलाई १६ वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो ।

२०५८ साल माघ ४ गते राती हातहतियारसहित आएको समूहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरुलाई तत्कालै पक्राउ गरिएको थियो ।

कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार पठाएका उनीहरु २०६१ माघ २७ गते फरार भएका थिए ।

प्रकाशितः १९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्