कञ्चनपुरमा जारी निषेधाज्ञा भदौ ३१ गतेसम्म



धनगढीः निषेधाज्ञा भदौ ३१ गतेसम्म कञ्चनपुरमा जारी रहने भएको छ ।

जिल्ला शुरक्षा बैठकले निषेधाज्ञा खुकुलो पार्दै भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने जनाएको हो ।

प्रशासनले सुचना जारी गर्दै भदौ १९ गते राती १२ बजेदेखि भदौ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको जनाएको छ ।

व्यापार व्यवसाय विहान ६ बजेदेखि बेलुका साढे ५ बजेसम्म संचालन गर्न पाईने छ भने बेलुकी साढे ५ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सेवा बाहेक अन्य सबै प्रकारका उद्योग,व्यापार,व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशितः १९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्