सुदूरपश्चिममा १ हजार ६४ जनाको कोरोना परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि



धनगढीः सुदूरपश्चिम प्रदेशमा आज १ हजार ६४ जनाको कोरोना परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

डोटी, डडेलधुरा र धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । डोटि अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ४१ जनामा गरिएको परीक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको हो । डोटि अस्पतालका ल्याव ईन्चाज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा अछामका २ र डोटीका १ जना छन् ।

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । ४ सय ५९ जनाको परीक्षण गरिएकोमा ३ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार बैतडी १, बझाङका १ र दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा गरिएको परीक्षणमा १ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा धनगढी ५ कैलालीका २६ बर्षिय एक महिला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

यो सँगै सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या ६ हजार १ सय ४५ पुगेको छ । हालसम्म संक्रमण पुष्टि भएका ५ हजार ४२ ले कोरोना जितेका छन भने १४ जना संक्रमितको मृत्यु भैसकेको छ ।

प्रकाशितः १९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्