पछिल्लो २४ घण्टामा विश्वमा ६०१४ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । साथै संक्रमितको संख्या २ करोड ६१ लाख ७१ हजार १ सय १२ पुगेको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुने क्रम रोकिएको छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार २ सय १६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ६५ हजार १ सय ५४ जनाको मृत्यु भइसकेको छ ।

संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख ७१ हजार ११२ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ६५ हजार १५४ को मृत्यु भइसकेको छ ।

प्रकाशित : भदौ २०, २०७७

प्रतिक्रिया दिनुहोस्