सुशान्त सिंह मृत्यु प्रकरण: पहिलो गिरफ्तारी प्रेमिकाकै भाइ



नयाँ दिल्लीः भारतीय अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा प्रहरीले उनकै प्रेमिका रिया चक्रवर्तीका भाइ र सिंहका व्यवस्थापकलाई पक्राउ गरेको छ ।

घटना अनुसन्धानका क्रममा अभिनेत्री रियाका भाइ शौविक चक्रवर्ती र सिंहका व्यवस्थापक श्यामुअल मिरान्डालाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को टोलीले गिरफ्तार गरेको हो ।

बीबीसी हिन्दीका अनुसार अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा यो पहिलो गिरफ्तारी हो । घटनाबारे सीबीआईले अनुसन्धान गरिरहेको छ ।

एनसीबीले गरेको यो गिरफ्तारी ड्रग्स कारोबारका सम्बन्धमा हो । सीबीआईले गरेको अनुसन्धान क्रममा लागुपदार्थको कारोबारमा संलग्न व्यक्तिबारे जानकारी प्राप्त भएपछि एनसीबीले अनुसन्धान थालेको थियो ।

गत जुन १४ का सुशान्त सिंह मुम्बईस्थित आफ्नै घरमा मृत फेला परेका थिए । प्रहरीले यसलाई आत्महत्या भनेको भए पनि सुशान्तका बुबाले सुशान्तकै प्रेमिका रिया चक्रवर्तीप्रति शंका गर्दै प्रहरीमा उजुरी दिएका थिए ।

प्रकाशितः २० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्