दुई कम्युनिस्ट पार्टीकाे नामबारे विवाद टु‌ंग्याउन निर्वाचन अायाेगमा छलफल



काठमाडौं : दुई नेपाल कम्युनिस्ट पार्टी एकीकरणपछि तय हुने नामका विषयमा अन्तिम निर्णय गर्न निर्वाचन आयोगमा छलफल जारी छ ।

 

आयोगले पार्टी नामको अन्तिम टुंगो लगाउन दुई पक्षलाई छलफलमा बोलाएको हो। आयोगको रोहबरमा दुवै पक्षका प्रतिनिधि छलफलमा जुटेको आयोगका प्रवक्ता दीपक सुवेदीले जानकारी गराए।

 

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ऋषि कट्टेल नेतृत्वको पार्टीसँग नाम जुधाएपछि आयोगमा उजुरी परेको थियो। विवाद समाधानका लागि सत्तासीन दलबाट मुक्ति प्रधान र बाबुराम दाहाल तथा नेपाल कम्युनिस्ट पार्टीबाट अध्यक्ष कट्टेल सहितका नेता छलफलमा छन्।

 

गत जेठ ३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। एकीकृत पार्टीको नाम दर्ताको विवाद भने अझै टुंगिएको छैन।

प्रतिक्रिया दिनुहोस्