कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु



विराटनगर : विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजे उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए ।

भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्ध १० दिन होम आइसोलेसनमा बसेपछि स्वास्थ्यमा समस्या थपिएर अस्पताल भर्ना भएका थिए ।

मृतकमा उच्च रक्तचापको पुरानै समस्या थियो । योसँगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको छ । प्रदेशमा ४३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्