धनगढीमा थपिए ७ जना कोरोना संक्रमित



धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमण ट्राभल हिस्ट्री नभएका व्यक्तिमा फैलिदै गएको छ ।

बजार क्षेत्रको वडामा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा संक्रमण फैलिदै गएको हो । सेती प्रादेशिक अस्पतालमा सोमवार भएको परीक्षणमा थप सात जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप-महानगरपालिका वडा नं.५ का तीन महिला र एक पुरुष गरी ४ जना, वडा नं.२ का एक महिला र एक पुरुष गरी दुई जना र वडा नम्वर १३ की एक महिलामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशितः २२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्