राजविराजमा थपियो ७ दिन निषेधाज्ञा



राजविराजः कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्थानिय प्रशासनले सप्तरीको राजविराजमा मंगलबारदेखि थप ७ दिनका लागि निषेधाज्ञा थपेको छ ।

यसअघि जारि गरिएको निषेधाज्ञाको समय सोमबारराति १२ बजे सकिदैछ । जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको समय पुनः एक साताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिए ।

सोमबार उनकै अध्यक्षतामा बसेको सुरक्षा समितिका बैठकले सो निर्णय गरेको हो । यसअवधीमा तरकारी, फलफुल, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रिका पसलहरु बिहान ५ बजेदेखी १० बजेसम्म मात्र खोल्न दिने अनुमति दिएको छ ।

जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले पहिलो पटक साउन ८ गते रातीबाट जिल्लाभर नै एक साताका लागि निषेधाज्ञा जारि गरेको थियो । त्यसपछि पनि कोरोनाको जोखिम कायमै रहेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले पटक पटक निषेधाज्ञाको म्याद बढाउँदै लगेको छ ।

पछिल्लो पटक राजविराज नगरपालिकामा ७ दिनका लागि निषेधाज्ञा थपिएको छ भने अन्य स्थानिय निकायको हकमा सम्बन्धीत स्थानिय तहका प्रमुखले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार भिडभाड नगरि, सामाजिक दुरी कायम गर्दै, अत्यावश्यक सेवा र सामाग्रिका पसल तथा संस्थाहरु खोल्न सक्ने अनुमति दिन सक्ने निर्णय गरिएको प्रसासनले जनाएको छ ।

प्रकाशितः २२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्