प्रहरीको गाडीले ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते



रौतहट : चन्द्रनिगाहपुरमा नेपाल प्रहरीको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भरएका छन् ।

मंगलबार राति करीब ९ बजे चन्द्रपुर–४ स्थित लमहापुलतर्फ पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा रौतहटको कटहरीया नपा–७ बगहिटोलका ६० वर्षीय नथुनी महत्तोको ज्यान गएको छ । सोही गाउँका ४५ वर्षीया हसन्तरा खातुन र सर्लाही बलराका ५५ वर्षीय जगदिश महतो घाइते भएका छन् ।

नेपाल प्रहरीको प्रदेश कार्यालय जनकपुरको ना १ ग ४७९ को वानटनले ठक्कर दिएको प्रहरीले जनाएको छ । वानटन चालक प्रहरी हवल्दार सन्तबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

प्रकाशित : भदौ २४, २०७७

प्रतिक्रिया दिनुहोस्