अमेरिकासँग समस्या बढेका बेला इरानी विदेशमन्त्रीले युरोपेली देशहरुको भ्रमण गर्ने



एजेन्सी : अमेरिकासँग समस्या बढेका बेला इरानका विदेशमन्त्री मोहमत जभाद जारिफले विभिन्न युरोपेली देशहरुको भ्रमण गर्ने भएका छन्। उनी सो भ्रमणका लागि अर्को हप्ता जाने भएको समाचारमा जनाइएको छ । इरानको तासनिम समाचार समितिले सो समाचार दिएको छ ।

विदेशमन्त्री मोहमद जभाद जारिफ बेलायत, फ्रान्स, जर्मनी, इटाली र स्पेनको भ्रमणमा जाने भएको सो समाचारमा उल्लेख गरिएको छ । सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताका विरुद्धमा संयुक्त राज्य अमेरिकाले इरानमाथि अहिले पछिल्लो समयमा निकै ठूलो दबाब दिएको बताइएको छ ।

यस्तो अवस्थामा विदेशमन्त्री जभादले युरोपेली देशहरुको भ्रमण गर्न लागेको बताइएको छ । अमेरिकाले उक्त सम्झौताका विरुद्धमा इरानलाई दबाब दिइरहेका बेला आफ्नो पक्षमा सहमति जुटाउन विदेशमन्त्री जभादले सो भ्रमण गर्न लागेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्