वर्षाले घर भत्किँदा युवकको मृत्यु



पाल्पाः वर्षाले सुतिरहेको अवस्थामा घर भत्किँदा युवकको मृत्यु भएको छ ।

जिल्लाको वगनासकाली गाउँपालिकाका स्थानीय २२ वर्षीय मन कनौजेको वर्षाले घर भत्किँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार सुतिरहेको अवस्थामा एक्कासी घर भत्किँदा बुधबार राति ११ बजे उनी घाइते भएका थिए । उनलाई पुरिएको ठाउँबाट स्थानीयले उद्वार गरी उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याएकोमा बिहिबार विहान साढे एक बजे उनको मृत्यु भएको थियो ।

घर भत्किएर २ वटा भैँसीसमेत पुरिएका छन् । लगातारको वर्षाले यसअघि नै घर चर्किएको थियो । थप विवरण आउन बाँकी छ ।

प्रकाशितः २५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्