फोरमले सरकारमा गएर ठूलो गल्ती गरेको ठाकुरको आरोप



बारा । राष्ट्रिय जनता पार्टी(राजपा) सदस्य मण्डलका संयोजक महन्थ ठाकुरले वर्तमान संविधानले मधेसीलाई विदेशी सरह अधिकार मात्र दिएको आरोप लगाएका  छन् । 

कलैयाको भरतचौकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै संयोजक ठाकुरले संविधान संशोधन नभएसम्म मधेसले संविधानलाई मान्न नसक्ने स्पष्ट पारे । उहाँले वर्तमान संविधानले पहाड र मधेश बीच साम्प्रदायिकता फैलाउने भन्दै यसतर्फ सचेत हुन सबैलाई आग्रह गरे । 

ठाकुरले भने, ‘संविधानले पहाड र मधेसबीचमा ठूलो खाडल बनाएको छ ।’ संघीय समाजवादी फोरम सरकारमा गएर ठूलो गल्ती गरेको ठाकुरको आरोप छ । 

प्रतिक्रिया दिनुहोस्