अमेरिकामा एकैदिन ३८ हजार जनामा कोरोना संक्रमण



एजेन्सी : अमेरिकामा थप ३८ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा ३८ हजार ८११ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६५ लाख ८८ हजार १६३ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ७९ हजार ९०३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍११ हजार ९३२ जनामध्ये १४ हजार ५०० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९६ हजार ३२८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्