रिया चक्रवर्ती जेलमै रहने, अदालतद्वारा रिहा गर्ने माग खारेज



नयाँदिल्लीः सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीले जेलमै रहने भएकी छिन् ।

लागु औषध मुद्दामा मुम्बई सेसन्स कोर्टले धरौटीमा उन्मुक्ति नदिएपछि उनी जेल जाने भएकी हुन् ।

धरौटीमा रिहा गर्ने याचिका अदालतले खारेज गरेपछि उनले जेल जानुपर्ने भएको छ । आरोपिहरु रिया, शोविक, दीपेश सावन्त, स्यामुअल मिरांडा, जैद, बासित परिहारले जेल जानुपर्ने भएको हो ।

रिया २२ सेप्टेम्बरसम्म भायखला जेलमा रहने छिन् । उनलाई धरौटीमा छुटाउन उनका वकिल उच्च अदालतको ढोका ढकढकाउने सक्ने बाटो भने खुलै रहेको बताइएको छ ।

जुन दिन अदालतले फैसला सुनाएको थियो उक्त दिन रिया एनसीबीको लक अपमा रात बिताएकी थिइन् । एनसिबीको सोधपुछमा रिया र उनका भाइको कति ड्रग प्रयोगकर्तासँग सम्बन्ध पाइएको थियो । रिया र शोविकमाथि ड्रग खरिदबिक्रीको आरोप छ ।

रियाले एनसिबीसँग ड्रग किनेको स्वीकारेकी छिन् । आफू र सुशान्तलाई सेवन गर्नका लागि ड्रग किनेको उनको भनाइ छ ।

प्रकाशितः २६ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्