करेन्ट लागेर दुई सैनिकको मृत्यु



चितवन : चितवनमा दुई सैनिकको करेन्ट लागेर मृत्यु भएको छ। शनिबार चितवनको शक्तिखोरमा रहेको सिंहनाथ गणमा कार्यरत दुई सैनिक जवानको करेन्ट लागेर मृत्यु भएको हो ।

चितव प्रहरीका प्रवक्ता सूर्य थापाका अनुसार रुखको हाँगा काट्न चढ्दा प्रयोग गरिएको भर्याङ चिप्लिएर तारमा ठोक्किन पुग्दा भर्याङ समाउने सुवेदार राजुबाबु श्रेष्ठ र सैनिक जवान साजन कुमालको मृत्यु भएको हो ।

सुवेदार श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो भने सैनिक जवना कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रवक्ता थापाले जानकारी दिए । दुवै जना सैनिक गोरखाका हुन् ।

प्रकाशित : भदौ २७, २०७७

प्रतिक्रिया दिनुहोस्