खुकुरी प्रहार गरी महिलाको हत्या



उदयपुर : उदयपुरमा एक महिलाको हत्या भएको छ । जिल्लाको कटारी नगरपालिका-११ लखन थुम्कामा आज बिहान ९ बजे ५० वर्षीया महिलाको हत्या भएको हो ।

सोही ठाउँका युवकले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कटारी नगरपालिका-११ का २५ वर्षीय ईश्वर मगरले स्थानीय डोरकुमारी राउतको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

मादकपदार्थ सेवन गरेका मगरले छिमेकीसँग विवाद भएपछि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते राउतको उपचारका लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिलालाई खुकुरी प्रहार गरेर जंगलतिर फरार मगरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रकाशितः २७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्