बिक्री गर्न लागेको दुर्लभ कछुवासहित ५ जना पक्राउ



काठमाडौंः ३५ लाखमा बिक्री गर्न लागेको दुर्लभ कछुवासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडिबाट ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुर्खेत भेरी गंगा नगरपालिका २ का २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ का १८ वर्षीय सुरेन्द्र श्रेष्ठ र १९ वर्षीय प्रमोद बाँसकोटा, काभ्रे नमोबुद्ध नगरपालिका-८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहट चन्द्रनिगाहपुर नगरपालिका-३ का १८ वर्षीय रुपेश तिमल्सिना रहेका छन् ।

उनीहरुको साथमा रहेको पहेँलो रंगको दुर्लभ कछुवा बरामद गरिएको र थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रकाशितः २७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्