शाहरुख र दीपिकाको नयाँ फिल्म ‘सनकी’



एजेन्सी : बलिउडमा शाहरुख खान र दीपिका पादुकोण फेरी एक साथ फिल्म खेल्ने भएका छन् ।

तमिल निर्देशक एटली कुमारको फिल्म ‘सनकी’मा उनीहरू एकैसाथ देखिने भएका हुन । शाहरुखले सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ पछि अन्य फिल्ममा काम गरेका छैनन ।

भारतीय मिडियाले जनाए अनुसार, ‘सनकी’ मा काम गर्न शाहरुख र दीपिका उत्साहित छन् । यो फिल्म शाहरुख र दीपिका एकैसाथ देखिने चौथो फिल्म हुनेछ ।

यसअघि शाहरुख र दीपिकाले ‘ओम शान्ति ओम’, ‘चेन्नई एक्सप्रेस’ र ‘ह्याप्पी न्यू ईयर’ मा काम गरेका थिए । शाहरुखले ओम शान्ति ओम’ बाट दीपिकालाई बलिउडमा डेब्यु गराएकी थिन ।

प्रतिक्रिया दिनुहोस्