सुशान्तको नाममा गरिबलाई खाना खुवाउँदै बहिनी श्वेता



एजेन्सी : सुशान्तसिंह राजपुतको मृत्युपछि हरेक व्यक्ति उनको लागि न्यायको माग गरिरहेका छन् । यसैबीच उनको बहिनी श्वेता सिंह कृतिले देशभरका गरिबका लागि खाना खुवाउने अभियान सुरु गरेकी छन् ।

#FeedFood4SSR को समर्थन गर्दै अकिंता लोखण्डेसहित कयौँ कलाकारले यस अभियानमा साथ दिएका छन् । श्वेताले एक ट्वीट गर्दै यस कुराको जानकारी दिएकी छन ।

उनले लेखेकी छन् – ‘आउनुस् आफ्नो थोरै सहयोगले हामी सबै मिलेर बेघर र गरिबलाई खाना खुवाउँ । हामीले गरेको काममा पनि आँखा बन्द गरेर आर्शिबाद दिनुस् । सबैले कामना गर्नुस् कि सच्चाई छिट्टै सार्वजनिक होस् । भगवानले हामीलाई सही मार्ग देखाउन । आउनुस् हाम्रो प्यारो सुशान्तको लागि केही कामना गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्