बलिउड इतिहासको सबैभन्दा महंगो फिल्म बन्दै ‘टाइगर–३’



एजेन्सी : बलिउड स्टार सलमान खानका फ्यानले उनको नयाँ फिल्मको प्रतीक्षा गरिरहेका छन् । पछिल्लो समय सलमान खान आफ्नो सुपरहिट फिल्म सिरिज ‘टाइगर जिन्दा है’ लाई लिएर चर्चामा छन् । फिल्ममा सलमान खान र क्याटरीना कैफको जोडी रहने बताइएको छ ।

टाइगर सिरिजको पहिलो र दोस्रो फिल्मले राम्रो कमाइ गरेको थियो । यी दुइ फिल्मकाे अपार सफलतापछि यतिबेला सोहि टिम टाइगर–३ को तयारीमा जुटेको छ । भारतीय मिडिया अनुसार टाइगर–३ बलिउडको इतिहासमा सबैभन्दा महंगो चलचित्र बन्ने भएको छ ।

यो चलचित्र २०० देखि २२५ करोडसम्ममा बन्ने भएको जानकारी प्राप्त छ । चलचित्रमा सलमान खान र कट्रिना कैफ मुख्य भूमिकामा देखिने भएका छन् । चलचित्रमा सलमानले मात्र १ सय करोड लिने लागेको चर्चा छ भने कट्रिनाले पनि महंगो पारिश्रमिक लिने बताइएको छ ।

प्रोडक्सन कस्टमा आजसम्म कुनै फिल्मले पनि यति लगानी गरेका छैनन् । यस्तै प्रिन्ट र पब्लिसिटीमा झण्डै २५ करोड भारु खर्च हुने पनि बताइएको छ । यो फिल्म ६ देखि ७ देशमा अन्तर्राष्ट्रिय स्टन्ट टिमका साथ शूटिङ हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्