पाँच भारतीय सांसदलाई कोरोना संक्रमण



नयाँ दिल्ली : भारतीय लोकसभाको मनसुन सत्र प्रारम्भ हुनुअघि पाँच जना सांसदलाई कोरोना भाइरसको संक्रमण पोजेटिभ पाइएको छ ।

सोमबारदेखि भारतको लोकसभाको मनसुन सत्र शुरु हुँदैछ । सत्र शुरु हुनुअघि गरिएको पीसीआर परीक्षणका क्रममा पाँच जना सांसदको कोरोना रिपोर्ट पोजेटिभ आएको संसद सचिवालयले जनाएको छ ।

संसदमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइनुको साथै छलफलको समयलाई घटाइएको छ । सवाल जवाफको समय पनि छोट्याएर लिखित प्रश्न राख्ने व्यवस्था गरिएको छ । त्यसका लागि संसद सचिवालयले एक किसिमको मापदण्ड निर्धारण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्