पूनम पाण्डेले गरिन् विवाह (हेर्नुहोस तस्वीर)



एजेन्सी : बलिउड नायिका तथा मोडल पूनम पाण्डेले बिवाह गरेकी छन् । उनले आफ्ना प्रेमी स्याम बाम्बेसँग विवाह गरेकी हुन् । बेला बेला अश्लिल हर्कत गरेर चर्चामा आउने उनले केही समय पहिले प्रेमी स्याम बाम्बेसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

पूनमले आफ्नो इन्स्टाग्राममा विवाहका केही तस्बिर पोस्ट गरे आफुहरुले बिहे गरेको जानकारी दिएकी छन् । उनले तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘यहाँबाट म तपाईंसँग सात जन्मको आशा गर्दछु ।’

पाण्डेले बलिउड फिल्म नशाबाट आफ्नो बलिउड यात्रा शुरु गरेपनि उनको चर्चा खासै भएन । हालै लकडाउन उल्लंघन गरेको भन्दै मुम्बई प्रहरीले बाम्बे र पाण्डेमाथि मुद्दा पनि चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्