पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा १०३९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार १७३ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७१.५ प्रतिशत संक्रमित निको भएका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौंका ४८३ जना, ललितपुरका ३३ जना र भक्तपुरका ८१ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र उपत्यकामा ४३१ जनामा संक्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।

प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्