चितवनमा दुई ट्रक आपसमा ठोक्किँदा चार जना घाइते



चितवन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

विपरीत दिशामा रहेका ना ६ ख २४२३ र ना ४ ख ८०११ नम्बरका ट्रक इच्छाकामना गाउँपालिका वडा नं. ५ को खहरे पुल नजिक एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा दुवै ट्रकका चालकसहित ट्रकमा सवार ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

प्रवक्ता सूर्य थापाका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने घाइतेहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ ।

ट्रक दुर्घटनापछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएका छ । यद्यपी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भदौ २९, २०७७

प्रतिक्रिया दिनुहोस्