गौरव र मेनुकाको ‘गाउँ घरै रमाइलो’ (भिडियाेसहित)



काठमाडौं : साजन राइको आवाजमा समावेश ‘गाउँ घरै रमाइलो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

कलाकार गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँ घरै रमाइलो’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । रमेश कार्कीको शब्द रहेको गीतमा साजनकै संगीत छ ।

आफ्नै गाउँमा दुःख गरेर जीवन चलाएको एक जोडीको कथा भिडियोमा उतारिएको छ । भूपेन्द्रकै छायांकन रहेको गीतलाई अनिल रानाले सम्पादन गरेका छन् ।

यस्तै गीतको भिडियोमा किरण चाम्लिङ राई र भूपेन्द्र तुम्बाहाम्पेको निर्देशन देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्