पहिलाे पटक पर्दामा एकसाथ देखिदै अभिनेता शाहरुख र जोन



एजेन्सी : अभिनेता शाहरुख खान र जोन अब्राहम एकैसाथ पर्दामा देखिने भएका छन ।

यशराज फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘पठान’मा शाहरुख र जोन एकैसाथ देखिने भएका हुन । पहिलो पटक यी दुई अभिनेतालाई एकसाथ पर्दामा हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ ।

यो फिल्मको घोषणा अर्को महिना यशराज फिल्म्सको ५०औं एनिभर्सरीमा गरिनेछ ।

अभिनेता शाहरुख खान लामो समयपछि पर्दामा फर्किँदैछन् । ‘जिरो’ ले बक्सअफिसमा खराब प्रदर्शन गरेपछि निराश भएका उनी अब एक्सन फिल्म ‘पठान’ मा देखिने भएका छन् ।

यो फिल्म सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् । उनले पछिल्लो पटक फिल्म ‘वार’ निर्देशन गरेका थिए । केही दिनयता ‘पठान’ मा शाहरुख खान र दीपिका पादुकोणले फेरि एकसाथ काम गर्न लागेको चर्चा चलेको छ । तर, अहिलेसम्म दीपिकाले भने फिल्म साइन नगरेको भारतीय मिडियाले बताएका छन् । यद्यपि, उनी फिल्मको स्क्रिप्ट र आफ्नो भूमिकालाई लिएर सकारात्मक छिन् ।

प्रतिक्रिया दिनुहोस्