यौनाङ्ग देखाउनेलाई म्याद थप, बाबु पनि पक्राउ



ताप्लेजुङ । सार्वजनिक स्थानमा यौनाङ्ग देखाएकाे कसुरमा पक्राउ परेका एक जनालाई जिल्ला प्रशासनबाट म्याद थप गरिएको छ । 

जिल्लामा पहिलो पटक सार्वजनिक स्थलमा यौनाङ्ग देखाएर समाजलाई खलल पु्र्‍याएको भन्दै परेको किटानी जाहेरीको आधारमा पक्राउ परेका फुङलिङ नगरपालिका ६ का सुमन लिम्बुलाई अनुसन्धानको लागि म्याद थप गरिएको हो । 

छोराले यौनाङ्ग देखाएको आरोपमा सुमनका बाबु तेजबहादुर लिम्बुलाई समेत पक्राउ गरी अनुसन्धान गरिएको प्रहरी प्रमुख डीएसपी  संजय सिंह थापाले बताए । 

पीडितको तर्फबाट किटानी जाहेरी आएको हुदाँ उनका बुवा तेजबहादुर लिम्बु समेतलाई पक्राउ गरी अनुन्धान भइरहेको र म्याद थप गरी हिरासतमा राखिएको प्रमुख थापाले बताए । 

प्रतिक्रिया दिनुहोस्