डाक्टर केसीद्वारा १९ औं सत्याग्रह शुरु


जुम्लाः वरिष्ठ चिकित्सक गोविन्द केसीले १९ औं सत्याग्रह शुरु गरेका छन् ।

विभिन्न माग राख्दै पटक-पटक सरकारलाई अल्टिमेटम दिँदै आएका केसीले सोमबार जुम्लामा अनसन थालेका हुन् ।

उनी जुम्ला बजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा सत्याग्रह बसेका छन् । केसीले भने,‘मलाई यहाँ हिँडडुल गर्नदेखि उपचार गर्न जानसमेत बारम्बार अवरोध हुँदै आएकोले बिना जानकारी सत्याग्रह बसेको हुँ ।’ उनले यस पटकको सत्याग्रहमा विभिन्न ६ बुँदे माग अघि सारेका छन् ।

केसी लकडाउन अघिदेखि नै जुम्लामा छन् । कर्णालीका विकट जिल्लामा उनी औषधिरउपचार गर्दै हिँडिरहेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएसलगायतका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको पहिलो माग रहेको छ ।

त्यस्तै गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरु गर्न उनले माग गरेका छन् । प्रदेश नं.२ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन उनले माग गरेका छन् ।

मागको दोस्रो बुँदामा मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने उल्लेख छ । कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने केसीको माग छ ।

२०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने केसीको अर्को माग छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न माग गरेका छन् ।

बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निः शुल्क सेवा सुनिश्चित गर्न र राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद, वाइडबडी, सेक्युरिटी प्रेस खरिद, दरबारमार्गको जग्गा, ओम्नी समूहको औषधि खरीदलगायत सबै ठूला भ्रष्टाचारका दोषीलाई छानवि गरी कानुन बमोजिम कारबाही गर्न केसीले माग गरेका छन् ।

सबै प्रकरणका दोषीलाई कारबाही नगरी उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरूमाथि पनि छानविन र महाभियोगलगायतका कारबाही गर्न उनले माग गरेका छन् ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।चितवनमा मेडिकल कलेज भरतपुरको

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान

नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा नाम घोषणा गरिएको छ । ५ सय

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ८९ जना कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन् ।

काठमाडौंः सोमबारबाट आन्तरिक हवाई सेवा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

काठमाडौंः १३ विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई विभिन्न माग राख्दै ७ दिने अल्टिमेटम दिएका

कास्की– अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ, लगायतका जिल्लामा

बाजुरा- बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भाग लिने

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य तोलाको ४ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका

मंगलबारे : इलामका युवाहरुले यन्त्र (रोबोर्ट) निर्माण गरेका छन्। पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी