सचेत रहनुको विकल्प छैन : मुख्यमन्त्री



विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले महामारी सिङ्गो मानव जातिको नै समस्या भएकाले सचेत रहनुको विकल्प नरहेको बताएका छन् ।

बाल दिवसका अवसरमा मानव अधिकार मञ्चको आयोजनामा भिडियो कन्फ्रेन्समार्फत शुभकामना दिदै मुख्यमन्त्री राईले भने, “विश्व नै भयावह छ, यसबाट बालबालिका बढी प्रभावित भएका छन्” ।
मुख्यमन्त्रीले विद्यालय बन्द भएका कारण बालबालिका पढाइबाट वञ्चित रहेको भन्दै दुःख व्यक्त गरे । उनले पछिल्लो समय सङ्घीय सरकारसमेत बालबालिकाको क्षेत्रमा सचेतनात्मक कार्यक्रम ल्याएको बताए ।

बालबालिकालाई महामारीको त्रासबाट बचाउन सचेतनाका कार्यक्रम ल्याउन मुख्यमन्त्री राईले अनुरोध गरे । उनले कोरोना महामारीसँग लड्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । महामारीसँग जुध्न सबै नागरिकको भूमिका बराबर हुने उल्लेख गर्दै मुख्यमन्त्रीले महामारीलाई अवसरको रूपमा लिएर अघि बढ्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्