सभामुख सापकोटा र पाकिस्तानी राजदूत जाबेदबीच भेटवार्ता



काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेदबीच भेटवार्ता भएको छ ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका जाबेदले सभामुखको कार्यकक्षमै गएर मंगलबार बिहान सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगका विषयमा कुराकानी भएको थियो । साथै सभामुख सापकोटाले नेपाल र पाकिस्तानको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

राजदूत जाबेदले दुई देशको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै नेपालसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।

यसैगरी राजदूत जाबेदले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत अन्य शीर्ष व्यक्तित्वसँग पनि विदाई भेट गरेका छन् ।

प्रकाशित : भदौ ३०, २०७७

प्रतिक्रिया दिनुहोस्